२०८३ साउन २ , शनिबार 18, July 2026, Saturday
मौसम पूर्वानुमान

उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १५ गते बुधबार

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १५ गते बुधबार