सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० कार्तिक १५ गते बुधवारको राशिफल

२०८० कार्तिक १५ गते बुधवार, १ नोभेम्बर २०२३ । कार्तिक कृष्णपक्ष चतुर्थी तिथि । रोहिणी नक्षत्र, ६ः३० बजेपछि मृगशिरा । चन्द्रराशि वृष, १८ः४८ बजेपछि मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ । साँझतिर जिम्मेवारी बढ्नेछ । तापनि, पहिलेका कमजोरी सुधार्न सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्ला । बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सावधान रहनुहोला । साँझतिर स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुने देखिन्छ । टाढिएका साथीभाइ नजिकिनेछन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रकम हातलागी भए पनि काममा ढिलाइ हुँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन केही समय पर्खनुपर्ने हुन सक्छ । साँझतिर खर्च बढ्नाले अर्थ अभाव देखापर्ला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मिहिनेत गर्दा फाइदा हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । पेसा–व्यवसायमा साँझतिर मनग्य लाभ हुनेछ । केही रकम भने खर्च पनि हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ । रोकिएको काम साँझतिर सम्पादन हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ । गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ । फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ । काम दोहोर्याउनुपर्ला । अरूका लागि बुद्धि खर्चनुपर्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । केही खर्चिलो तथा विवादास्पद काममा अलमलिनुपर्ला । साँझतिर स्वास्थ्यमा कमजोरी देखापर्नेछ भने नियमित काममा समेत बाधा पुग्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । शत्रुहरू पनि किनारा लाग्नेछन् । साँझको समय रमाइलो रहनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सुखद समाचारले उत्साह जगाउनेछ । शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ । आफ्नो प्रतिभाको कदर हुनेछ । विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । दिन रमाइलो रहनेछ । तर, मनोरञ्जनले अलमल्याउन सक्छ । साँझतिर व्यावसायिक काममा केही बाधा हुनेछ । प्रतिस्पर्धीहरूबाट अलि सावधान रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । साँझदेखि स्थितिमा सुधार आउन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ । साँझतिर घरेलु समस्या देखापर्न सक्छ । साथीभाइसँग बिनाकारण असमझदारी बढ्ने सम्भावना छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ०६:२४

लोकप्रिय