नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।
अब डिजेल र मट्टीतललाई काठमाडौं, पोखरा र दिपायलमा १६४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ । यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा १६२ रुपैयाँ पर्नेछ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर १.५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्य प्रतिलिटर ३.६३ रुपैयाँले घटेर आएको छ । यस्तै, एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ ।
पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम डिजेल र मट्टीतेलको मूल्य मात्र घटाइएको निगमले जनाएको छ ।

सत्यपाटी संवाददाता । काठमाडौं