लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरास्थित हाल गाउँपालिकाको कार्यालयमा स्थानान्तरण हुने भएको छ ।
गाउँपालिकाको नयाँ भवन खजुरा –३ ‘बी’ गाउँमा निर्माणको अन्तिम चरणमा पुगेकाले स्थानान्तरण भएपछि हाल खजुरा –४ ‘डी’ गाउँमा रहेको पालिका भवनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय रहनेछ ।
विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीले विश्वविद्यालयका लागि उपलब्ध गराइने भवनमा पुगेर आवश्यक जानकारी लिँदै अध्यक्ष डम्बर बिकसँग छलफल गर्नुभयो ।
रेक्टर भण्डारीले नेपालगञ्जमा रहेको केन्द्रीय कार्यालय छिटोभन्दा छिटो खजुरा ल्याइने बताउनुभयो । रजिष्ट्रार भण्डारीले भन्नुभयो, ‘खजुरामै बिश्व विद्यालय निर्माण हुने भएकाले तत्काल कार्यालय ल्याउन लागिएको छ ।’
खजुरा –८ रनियापुरमा विश्वविद्यालय निर्माणका लागि आवश्यक एकसय बिघा जग्गा उपलब्ध गराउने निर्णय स्थानीय तह, जिल्ला हुँदै प्रदेश सरकारले गरे पनि सङ्घ सरकारले हालसम्म निर्णय नगर्दा निर्माणको काम अघि बढ्न सकेको छैन ।
खजुरा गाउँपालिकाका अध्यक्ष विकले नेपालगञ्जमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालय खजुरा ल्याउन पालिकाको नयाँ भवन पूर्णरुपमा निर्माण सम्पन्न नहुँदै कार्यालय स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष विकले भन्नुभयो, ‘केन्द्रीय कार्यालय खजुरामै भएपछि विश्वविद्यालय निर्माणले गति लिने अपेक्षा गाउँपालिकाको छ, त्यसका लागि आवश्यक सहयोग गर्न गाउँपालिका सधै तयार छ ।’
हाल विश्वविद्यालयको कार्यालय नेपालगञ्जस्थित डिभिजन वन कार्यालयको एक भवनमा रहेको छ । कार्यालय खजुरा सरे पनि कक्षा सञ्चालन भने भवन अभावमा यस वर्ष नेपालगञ्जमै हुने भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके