२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

एक लाख ७५ हजारले भरे निमावि शिक्षक लाइसेन्सको फारम

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १४ गते मंगलबार

 शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको शिक्षक लाइसेन्स परीक्षाको लागि करिब दुई लाखले फारम भरेका छन् ।

शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्टाको अनुसार एक लाख ७५ हजार जनाले परीक्षा फारम भरेको जानकारी दिए ।

आयोगले १८ कात्तिकमा निमावि तहको शिक्षक लाइसेन्स परीक्षा नेपालभर ६७५ परीक्षा केन्द्रमा सञ्चालन गर्ने तयारी गरेको छ ।

आयोगले लोकसेवा आयोगको परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै सोमबार बागमती प्रदेश काठमाडौं जिल्लाका निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको थियो ।

आयोगको अनुसार परीक्षा दिउँसो एक बजे सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८० कात्तिक १४ गते मंगलबार