२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

मलेसियाले नेपाललाई दियाे १ सय ६६ रनकाे लक्ष्य

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १४ गते मंगलबार

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायाे । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए ।

पहिलो खेलमा नेपालले हिजो साेमवार सिङ्गापुरलाई ८ विकेटले हराएकाे थियो । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

छनोटको फाइनल पुग्ने २ वटा टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८० कात्तिक १४ गते मंगलबार