सूचनाको शक्ति - The Power Of Information

        

हमासद्वारा गाजामा बन्दीहरूको भिडियो सार्वजनिक

हमासले गाजामा बन्दीहरूको भिडियो सार्वजनिक गरेको छ ।

जसमा तीनजना महिला बन्दी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । ७६ सेकेन्ड लामो भिडियोमा एक महिलाले आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना गरेको देखिएको छ ।

भिडियोमा देखिएका तीन महिलामध्ये एकले रोएको देखिएको छ । बन्धकका परिवारजन सार्वजनिक भिडियो हेरेर भावविहल बनेका छन् ।

हमासले सार्वजनिक गरेको भिडियोबारे इजरायलले ’मनोवैज्ञानिक प्रोपोगान्डा’ भनेको छ । इजरायलले हराएका तथा अपहरण गरिएका नागरिकलाई घर फर्काउन सबै हद पार गर्ने बताएको छ ।

हमासले कम्तीमा २ सय २९ जनालाई बन्दी बनाएकोमा केहीलाई भने रिहा गरिसकेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार ०८:३८

लोकप्रिय