२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

मध्य गाँजापट्टीमा इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

मध्य गाजापट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।

वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरिएको थियो।

उनीहरु माकोसी र बकरी परिवारका थिए, जो गाजापट्टीको उत्तरबाट भागेर शिविरको अल दावा जिल्लाको हमदान परिवारको भवनमा शरण लिएर बसेका थिए।

प्रकाशित मिति : २०८० कात्तिक १४ गते मंगलबार