२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

मानव बेचबिखनमा प्रहरीकै ‘कनेक्सन’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १४ गते मंगलबार

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबार अदालतबाट म्याद लिई अनुसन्धान शुरु गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरेको जानकारी दिए । उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ परेको उनले बताए ।

मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा प्रहरी जवान तामाङको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २०८० कात्तिक १४ गते मंगलबार