मुगुमा भएको सामूहिक हत्या काण्ड थप रहस्यमय बन्दै गएको छ । गत कात्तिक ८ गते एकै परिवारका चारजनाको सामूहिक हत्या भएको आज चार दिन बितिसक्दा पनि प्रहरीले घटनामा संलग्नहरूका बारेका कुनै प्रमाण नभेटिएको जनाएको छ ।
घटनास्थलबाट प्रहरीले कुनै क्लु नभेटाएपछि अनुसन्धानका लागि डीआईजी भीम ढकाल आफैँ घटनास्थल पुगेका छन् । घटनास्थलमा अहिले प्रदेश, जिल्ला, ब्युरो र अनुसन्धानको संयुक्त टोलीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले घटनाबारे अनुसन्धान भइरहेकाले प्रमाणसहित व्यक्ति समातिएपछि पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए । जिल्ला अस्पताल गमगढीमा राखिएको चारैजनाको शवको पोष्टमार्टम समेत शुरु भएको उनले जानकारी दिए ।
छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार अनुसन्धानमा सघाउनका लागि मृतक श्रीदेवीका श्रीमान् दीपक बोहराले शव उठाउन अनुमति दिएको तर हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएको बताए ।
डीएसपी थापाले प्रहरीले घटनासँग सम्बन्धित केही शंकास्पद व्यक्तिहरूसँग सोधपुछ समेत शुरु गरेको बताएका छन् । आफूहरूले पनि हत्यारालाई यथाशीघ्र पक्राउ गर्न सहयोग गरिरहेको जानकारी दिए ।
कात्तिक ८ गते राति २८ वर्षीया श्रीदेवी बोहरा, उनका एघार वर्षीय छोरा मनोज बोहरा, आठ वर्षीया छोरी अप्सरा दुधेबालक रहर बोहराको घरभित्रै धारिलो हतियार प्रहार गरी बिभत्स रूपमा हत्या भएको थियो तर घटना भने शुक्रबार मात्रै बाहिरएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुगु