सूचनाको शक्ति - The Power Of Information

        

गोली हानेर शिक्षक स्वर्णकारको हत्या

बाराको कलैया उपमहानगरपालिका–६ मा मोटरसाइकलमा आएका व्यक्तिको गोली लागेर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय एकता इंग्लिस बोर्डिङ स्कुलका प्राचार्य रुपेश स्वर्णकार (गुड्डु) रहेका छन् ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको प्रहरीले जनाएको छ । घटना दिउँसो करिब २ बजेतिरको हो । गोली लागेका शिक्षकको उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थिए ।

दुई मोटरसाइकलमा आएका चार जनाको समूहले गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुले पनि उनीहरू गोली हानेर फरार भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले उनीहरूको पहिचान नभएको बताए ।

प्रहरीले उनीहरुको खोजी तिब्र पारिसकेको कडायतले बताए । शुरुमा उनलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बयोधा अस्पताल पुर्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १६:२४

लोकप्रिय