करण जोहरको शो ‘कफी विथ करण’ को ८ औं सिजन सुरूवात भएको छ। यस शोको पहिलो एपिसोडमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह पाहुना बनेका पुगेका थिए।
उक्त शोमा उनीहरूले आफ्नो प्रेमकथा र वैवाहिक जीवनबारे खुलेर कुराकानी गरेका थिए। उनीहरूको एपिसोड सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चासँगै ट्रोल पनि भइरहेको छ।
शोमा दीपिकाले रणवीरसँग डेट गरिरहेको समयमा अन्य मानिसलाई पनि भेटेको बताएकी थिइन्। ‘त्यतिबेला म सिंगल बस्न चाहन्थे तर हामी दुई सम्बन्धमा जोडियौं। सुरूमा उनीप्रति मेरो प्रतिबद्धता थिएन।
त्यतिबेला हामी अरू कसैसँग डेटमा जान सक्थ्यौं तर हामी सधैं एकअर्कासँग फर्किएर आउँथ्यौं। मैले त्यतिबेला केही मानिसलाई भेटेकी थिएँ तर मलाई उनीहरूप्रति चासो थिएन। मानसिक रूपमा म रणवीरप्रति प्रतिबद्ध थिएँ,’ उनले कार्यक्रममा भनेकी थिइन्।
त्यस्तै रणवीरले दीपिकासँग पहिलो भेटको अनुभव सेयर गर्दा ट्रोलको शिकार बनेका छन्। उनले दीपिकासँगको पहिलो भेट जुन शब्दले बयान गरेका थिए। त्यसरी नै अभिनेत्री अनुष्का शर्मासँगको पहिलो भेटको अनुभव सेयर गरेका थिए।
सामाजिक सञ्जालमा दुवै भिडिओ भाइरल भइरहेको छ।
यसैबीच करण जोहरले इन्स्टाग्राम लाइभमा रणवीर र दीपिकालाई ट्रोल गर्नेलाई जवाफ दिएका छन्।
‘यो एपिसोड प्रसारण भएपछि मैले रणवीर र दीपिकाको लागि सामाजिक सञ्जालमा निकै ट्रोल देखें। म तपाईहरूलाई के भन्न चाहन्छु भने यस्तो कुराले तपाईहरू अगाडि बढ्न सक्नु हुन्न। हामीले यस्तो कुरा सुन्न बन्द गरिसक्यौं,’ उनले भने।
रणवीर र दीपिकाले सन् २०१८ मा विवाह गरेका थिए। उनीहरूको पहिलो भेट सन् २०१२ मा सञ्जय लीला भन्सालीको फिल्म ‘रामलीला’ को सेटमा भएको थियो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ