सूचनाको शक्ति - The Power Of Information

        

मुगु हत्या प्रकरणमा एक जना प्रहरीको नियन्त्रणमा

मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्याको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला सदरमुकाम गमगढीस्थित बजारबाट प्रहरीले शंकाका आधारमा ती व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिबारेको सूचना गोप्य राखेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

घटनाको सूक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुन्दु पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।

अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित प्रहरीको अनुसन्धान टोली शनिवार मुन्दु गाउँमा पुगेको हो ।

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

घटना बुधबार साँझ घटेको भएपनि प्रहरीले ढिला गरी जानकारी पाएकाले अनुसन्धान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

शव शनिबार जिल्ला अस्पतालमा ल्याइए पनि पोस्टमार्टम हुन सकको छैन ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १३:२४

लोकप्रिय