सुपर भिजन नेटवर्कले ५० एमबीपीएसको इन्टरनेट मासिक १५० रूपैयाँमा नै वितरण सुरू गरेको छ । नेपाली बजारमा यो अहिलेसम्मकै न्युनतम शुल्क रहेको सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरीको दावी छ ।
नेपालमा ५०० देखि १२ सयसम्म तिरेरमात्रै अति साधारण इन्टरनेट जोड्न पाइन्छ । नेटवर्कले नेपालगन्जबाट यो सेवाको थालनी गरेको हो । एउटै सहरभित्र फरक-फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले १५० रूपैयाँ शुल्क तिरेर दुई ठाउँमा नै चलाउन सक्ने छन् ।
इन्टरनेटको गुणस्तर अरु कम्पनीको भन्दा कम नभएको सञ्चालकको दाबी छ । १५० रूपैयाँमा नै ५० एमबीपीएस इन्टरनेट दिँदा पनि आफूलाई फाइदा भइरहेको सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरीले बताएका छन् ।
उनले भने, ‘म स्वयम्लाई इन्टरनेटको वास्तविक मूल्य कति हुन्छ भनेर थाहा पाउन दुईदेखि तीन वर्ष लाग्यो । २०–३० रूपैयाँमा मज्जाले ३–४ वटा मोबाइल चलाउन सकिन्छ ।’ सामान्य इन्टरनेट कम्पनीको बिल हेर्दा १४०० रूपैयाँको छ ।
७०० रूपैयाँ इन्टरनेट चार्ज लिएका हुन्छन् भने ७०० मर्मत खर्च असुलेका छन् । जबकी मर्मत खर्च ५ रूपैयाँदेखि १० रूपैयाँमा २५ बर्षदेखि गरिरहेको छु । केबल चलाइरहेको म अब इन्टरनेट किन नचलाउने भनेर रिसर्च गरेपछि मैले यो पत्ता लगाए ।
सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरी
झण्डै २५ वर्षदेखि केवल व्यवसाय गरिरहेका उनले १५ रूपैयाँको नाफाले घरमै गएर मर्मत गरेर सेवा प्रदान गर्दै आएको सेवा इन्टरनेट कम्पनीहरूले ७०० रूपैयाँ लिनु अस्वभाविक रहेको नेटवर्कका सञ्चालक अग्रहरीले बताए ।
मैले १५० रूपैयाँमा नेट बिक्री गर्दा पनि सरकारको राजस्वसहित सबै खर्च कटाएर पनि ७० देखि ८० रूपैयाँ नाफा भइरहेको छ । ‘मलाई टीभीभन्दा नाफा यसैमा भइरहेको छ । टीभीमा १० रूपैयाँमा सेवा दिन्थेँ,’ उनले भने ।
उनलाई अहिले पनि ८० रूपैयाँ नाफा आइरहेको छ । नेटवर्कका सञ्चालक अग्रहरी भन्छन्, ‘मेरो लागि टीभीभन्दा राम्रो यही चलिरहेको छ ।’ उनले इन्टरनेटको स्पीडमा पनि ठगी भइरहेको खुलासा गरे ।
कम्पनीहरूले ५० एमबीपीएस, १००–२०० एमबीपीएस भनेर भन्ने कुरा नेपालमा सबैभन्दा ठूलो ठगी हो । उनलाई यो सबै कुरा बुझ्न केही समय लागेको थियो । कुनै पनि मोबाइलको क्षमता १.२ एमबीपीएसभन्दा माथि हुँदैन ।
जुनसुकै कम्पनीले जति एमबीपीएस दिए पनि मोबाइलले लिनसक्ने भनेको १.२ एमबीपीएस हो । १.२ एमबीपीएसलाई कम्पनीहरूले सफ्टवेयरको माध्यमबाट २००, ३०० र ४०० एमबीपीएस बनाएर देखाउँछन् र बेच्छन् ।
नेटवर्कका सञ्चालक अग्रहरी भन्छन्, ‘ल्यापटप, कम्प्यूटरले हदैसम्म लिए दुई तिन गुणभन्दा बढी लिँदैनन् । यहाँ झन् ठूलो ठगी भइरहेको छ । यो प्रविधिको ज्ञान अब धेरैमा हुन थालेको छ, अब धेरै ठग्न पाउँदैनन् ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके