सूचनाको शक्ति - The Power Of Information

        

कहाँ हराए २२ जना प्रहरी ?

प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन अवस्थामा रहेका २२ जना कर्मचारीलाई कार्यालयमा उपस्थित हुन ताकेता गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै कार्यालयमा हाजिर हुन नआउने २२ जनालाई आफू गैरहाजिर हुनुको कारणसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।

अन्यथा ती प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउने चेतावनी दिएको छ । यसरी कार्यालयमा उपस्थित नहुनेहरुमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १०:५४

लोकप्रिय