इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न उर्दी जारी गरेको छ ।
गाजास्थित प्यालेष्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार सयौं घाइतेहरुको उपचार भइरहेको उक्त अस्पताल खाली गर्न इजरायलले उर्दी जारी गरेको हो ।
हमास र इजरायलबीचको आक्रमणमा घाइते भएकाहरुले भरिएको अस्पताल तत्काल खाली गर्न असम्भव भएको जनाइएको छ ।
अस्पतालमा अधिकांश बालबालिका रहेकाले उनीहरुलाई अन्यत्र सार्न असम्भव भएको र अस्पताल वरिपरि १४ हजार नागरिकले खुला चौरमा आश्रय लिइरहेको भन्दै रेड क्रिसेन्सले इजरायलको उर्दीप्रति चिन्ता व्यक्त गरेको छ ।
हाल उक्त अस्पताल वरिपरि इजरायलले हवाइ आक्रमण जारी राखेको छ । इजरायलले गाजापट्टीमा दोश्रो चरणको आक्रमण अन्तर्गत हवाइ हमला तीब्र पारेको छ ।
हमास र इजरायलबीचको युद्धमा ८ हजार बढी प्यालेष्टाइनीको मृत्यु भइसकेको छ भने इजरायलतर्फ १४ सय बढीको ज्यान गइसकेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ