सूचनाको शक्ति - The Power Of Information

        

टि–ट्वेन्टी विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालको भिडन्त सिंगापुरसँग

अर्को वर्ष हुने टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसियाली क्षेत्रको छनौट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा नेपालको भिडन्त सिंगापुरसँग हुनेछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदान किर्तीपुरमा सुरु हुनेछ ।

आठ टोली सहभागि प्रतियोगितामा समुह चरणका खेलहरु कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

समूह ‘ए’ मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

दुबै समुहबाट शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली टि–ट्वेन्टी विश्वकप क्रिकेटका लागि छनौट हुनेछन् ।

नेपाललाई यसपटक विश्वकपमा छनौट हुने स्वर्णीम अवसर रहेको छ । पछिल्लो सयम उत्कृष्ट लयमा रहेको नेपालले आफ्नै देशमा छनौट प्रतियोगिता खेल्न पाउँदैछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ०७:३८

लोकप्रिय