सूचनाको शक्ति - The Power Of Information

        

आजकाे माैसम :

पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

सतर्कता अपनाउन सबैमा आग्रह

जल तथा मौसम विज्ञान विभागले देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ ।

दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना रहेको हो ।

विभागले आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ०७:००

लोकप्रिय