सूचनाको शक्ति - The Power Of Information

        

मेक्सिकोमा आँधीले २७ जनाको मृत्यु

मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधीका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् ।

ओटिस नाम दिइएकोे सो आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति पु¥याएको हो । हजारौँ सांस्कृतिक संरचनाहरु ध्वस्त भएका छन् । घरका छाना र झ्यालहरु उडाएको छ भने सडकमा बाढी आएको छ ।

मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका स्थानमा रुख र बिजुलीका खम्बाहरु समेत ढलेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतवार १४:०७

लोकप्रिय