सूचनाको शक्ति - The Power Of Information

        

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी रकेट मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति सैनिक घाइते भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । घाइते सैनिकको नाम खुलाइएको छैन ।

सेलको टुक्रा बङ्करमा रहेका ती शान्ति सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो । घाइते सैनिकको अहिले नाकुरामा रहेकाे शान्ति मिसनको अस्पतालमा उपचार भइरहेको छ । अहिले उनकाे अवस्था सामान्य रहेको छ । त्यहाँका रहेका अन्य नेपाली शान्ति सैनिक सकुशल रहेका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजमा डेपुटी कमाण्डर र अन्य अधिकृत कर्मचारी गरी आठ सय ७४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतवार १४:०३

लोकप्रिय