सूचनाको शक्ति - The Power Of Information

        

दुई दशकपछि नेपालीका लागि हङकङको भिसा खुला

अब नेपालीहरुका लागि हङकङ सरकारले भिसा खुलाएको छ । यसअघि सन २००५ मा नेपालीका लागि रोकिएको हङकङको भिसा अब करिव दुई दशकपछि भने खुलेको हो ।

हंगकंगका प्रमुख कार्यकारी जोन लीले नेपाली ट्यालेन्टहरुका लागि हङकङले भिसा खुलाएको बताएका हुन् । उनले नीति सम्बोधनमा नेपालीका लागि केहि मापदण्डमा छुट दिएकोसमेत बताएका छन् ।

सन २००५ मा नेपालीका लागि भिसा रोकिएपछि नेपालीलाई हङकङ प्रवेशमा कठिनाई हुने गरेको थियो । यससँगै हङकङले भियतनाम र लाओसका जनताका लागि पनि भिसा खुलाएको छ । खासगरी यो क्षेत्रका विद्यार्थी, विभिन्न प्रतिभाहरुले हङकङको भिसा सजिलै पाउने भएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतवार १३:२७

लोकप्रिय