२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

दुई दशकपछि नेपालीका लागि हङकङको भिसा खुला

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १२ गते आइतबार

अब नेपालीहरुका लागि हङकङ सरकारले भिसा खुलाएको छ । यसअघि सन २००५ मा नेपालीका लागि रोकिएको हङकङको भिसा अब करिव दुई दशकपछि भने खुलेको हो ।

हंगकंगका प्रमुख कार्यकारी जोन लीले नेपाली ट्यालेन्टहरुका लागि हङकङले भिसा खुलाएको बताएका हुन् । उनले नीति सम्बोधनमा नेपालीका लागि केहि मापदण्डमा छुट दिएकोसमेत बताएका छन् ।

सन २००५ मा नेपालीका लागि भिसा रोकिएपछि नेपालीलाई हङकङ प्रवेशमा कठिनाई हुने गरेको थियो । यससँगै हङकङले भियतनाम र लाओसका जनताका लागि पनि भिसा खुलाएको छ । खासगरी यो क्षेत्रका विद्यार्थी, विभिन्न प्रतिभाहरुले हङकङको भिसा सजिलै पाउने भएका छन् ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार