सूचनाको शक्ति - The Power Of Information

        

कान्छा देवरसँग बिहे गर्न दुई भाउजुबीच कुटाकुट !

कान्छा देवरसँग विवाह गर्न भाउजुहरूबीच कुटाकुट भएको विवाद प्रहरीसम्म पुगेको घटना भारतको बिहारस्थित नालंदाबाट सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घरकै दुई भाउजुहरू कान्छा देवरसँग विवाह गर्न चाहन्थे ।

दुवै भाउजुहरूले देवरसँग आफूले विवाह गर्न पाउनुपर्ने भन्दै आपसमै कुटाकुट गरेका छन् । कान्छा देवर हरेन्द्र पासवानका दुई दाइहरूकी श्रीमतीले विवाह सम्बन्धी विवाद गरेका हुन् । दुई दाईमध्ये एक दाइको बिरामीका कारण मृत्यु भएको छ ।

दाईको मृत्यु भएर भाउजु विधवा भएका कारण गाउँले र भाउजुका माइती पक्षले देवरसँग विधवा भाउजुको विवाह गराइदिन चाहेका थिए तर अर्की भाउजुले पनि विवाह गर्न विवाद गरेपछि घटना प्रहरीसम्म पुगेको थियो ।

अर्की भाउजुले सम्पत्तिको लालचमा देवरसँग विवाह गर्न खोजेको बताइएको छ । भाउजुहरूबीच कुटाकुट भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । स्थानीय थानाध्यक्ष गुलाम सरावरले स्थानीय र प्रहरीको सहयोगमा विधवा भाउजु र कान्छा देवरको विवाह गरिएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतवार १०:४३

लोकप्रिय