प्रहरीले मुगुमा भएको सामूहिक हत्याको प्रारम्भिक अनुसन्धान सकाएको छ । आमासहित तीन छोराछोरीको धारिलो हतियार प्रहार गरी हत्या भएपछि प्रहरीले विशेषज्ञ टोलीसहितको सहभागितामा अनुसन्धान थालेको थियो ।
मुगुको छायाँनाथ नगरपालिका ६ स्थित मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका दुधे बालक रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
प्रारम्भिक अनुसन्धान सकिएलगत्तै मृतक चारै जनाको शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । साँझ ५ बजेतिर शव उठाएर जिल्ला अस्पताल लगिएको उनले बताए । सदरमुकाम पुग्न चार घण्टाभन्दा बढी लाग्ने भएकाले पोस्टमार्टम आज हुनेछ । वैदेशिक रोजगारीमा कतारमा रहेका श्रीदेवीका श्रीमानसमेत आइपुगेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा संलग्नले पहिले मृतक श्रीदेवीलाई स्लीपिङ ट्याब्लेट खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरिसकेपछि छोरा, छोरीको पनि हत्या गरेको खुल्न आएको डिएसपी थापाको भनाई छ । घटनामा कति जनाको संलग्नता छ भन्नेबारे अझै खुल्न नसकेको उनले बताए । घटनास्थलबाट कानमा लगाएको सुनसहित तिलहरी जस्तो गहनासमेत भेटिएको प्रहरीले जनाएको छ । अन्य गहनासमेत लुकाएर राखेको अवस्थामा भेटिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुगु