२०८३ असार १ , सोमबार 15, June 2026, Monday

कोरियामा नेपालीसँग चन्दा उठाउँदै दूतावास

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १२ गते आइतबार

मुलुकको अर्थतन्त्र संकटमा परेको विश्लेषण भइरहँदा विदेशमा रहेको नेपाली दूतावासले कार्यक्रम गर्नका लागि चन्दा उठाउन थालेको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासले एक कार्यक्रममा लागि चन्दा माग गर्दै पत्र लेखेको हो ।

दूतावासले २८ अक्टोबर २०२३ मा सियोलस्थित नेपाली दूतावास ‘ग्लोबल मल्टिकल्चरल फेडेरेस, गमचियम कल्चर’ र नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाले ‘नेपाल–कोरिया कल्चरल एक्सचेन्ज इभेन्ट’को आयोजना गर्न लागेको भन्दै चन्दा उठाउन थालेको पत्र बाहिरिएको छ ।

पत्रमा भनिएको छ, ‘यो इभेन्टका लागि लगभग ३५ लाख कोरियन वनको आवश्यकता पर्ने भएकोले त्यस संस्थाबाट सो कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराइदिनु हुन अनुरोध गरिएको छ ।’ नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउने भन्दै उक्त कार्यक्रम गर्न लागिएको जनाएको छ ।

यो पत्रमार्फत कोरियामा रहको गैर आवासीय नेपाली संघ, नेपाल सम्पर्क समिति, नेपाल आदिवासी जनजाती महासंघ, पूर्वाञ्चल सरोकार समाज, तराई मधेश समाज, बागमती प्रदेश समाज, गण्डकी प्रदेश समाज, कर्णाली प्रदेश समाज, सुदूरपश्चिम समाजलाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ । केही समयअघि पाकिस्तानले आफ्नो दूतावासमा मासिक तलब पठाउन नसकेको समाचार आएको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार