चाडपर्व शुरु भएपछि रक्तदान कार्यक्रम घट्दैजाँदा बाँकेमा फेरि रगत अभाव भएको छ । रगत अभाव हुन थालेपछि अभाव टार्नका लागि प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जले रक्तदान कार्यक्रम गर्न सम्बन्धित सबैसँग आग्रह गरेको छ ।
सोही आग्रह बमोजिम जिल्लामा रक्तदान कार्यक्रमहरु आयोजना गर्न थालिएका छन् । सोही क्रममा नेपालगञ्जभन्दा बाहिर ग्रामीण क्षेत्रमा पहिलो पटक बृहद् रक्तदान कार्यक्रम गरिएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा वडा ६ मा आयोजना गरिएको रक्तदान कार्यक्रममा ९६ जनाले रक्तदान गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीको आयोजना र वडा ६ को आर्थिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलगायत ९६ जनाले रक्तदान गरेर रगत अभाव टार्न ठूलो सहयोग गरेको प्रादेशिक रक्त संचार सेवा केन्द्रका होमराज गिरीले बताए ।
उनले राप्तीसोनारीका स्थानीय युवाले रक्तदानमा देखाएको चासो निकै सह्रानीय रहेको बताए । सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले १७६ औं पटक, केन्द्रीय सदस्य प्रवास शाक्यले ८० औं पटक र बाँके जिल्ला अध्यक्ष दिला शाहले २६ औं पटक रक्तदान गरे ।
सोही प्रकारले स्थानीय कृष्णप्रसाद खत्री, सन्तोष थारु, मनोज हरिजन, अरुणकुमार यादव, रामप्रताप मौर्य, रामशंकर थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका अध्यक्ष दिव्य गुरुङ्ग, समाजका सचिव सुकराम थारु, हरिप्रसाद थारु, निमबहादुर बुढाथोकी, गिरबहादुर जिएम, प्रेमबहादुर थारु, मनोजकुमार मौर्य, रामप्रसाद थारु, गणेशबहादुर मगर लगायत ९६ जनाले रक्तदान गरे ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले रगत अभाव टार्न आफ्नो गाउँपालिकाले पनि सानो सहयोग गरेकोमा स्थानीय रक्तदातालाई आभार व्यक्त गरे । उनले अब कम्तिमा तीन–तीन महिनामा गाउँपालिकामा रक्तदानको व्यवस्था गरिने पनि बताए ।
कार्यक्रममा प्रादेशिक रक्त संचार सेवा केन्द्रका होमराज गिरी, महेशराना क्षेत्री, सुनिल रत्गैया, पुनम राना, सञ्जय बढही र बीरेन्द्र योगीले प्राविधिक सहयोग गरेका थिए ।
सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोबिन्द वाग्ले, बाँकेका सल्लाहकार पूर्णलाल चुके, सल्लाहकार तथा समाजसेवी माधवराम वर्मा, सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवाल, समाजका सचिव भिष्म लोध, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका उपाध्यक्ष अमृता केसी, कोषध्यक्ष सुशीला थारु र राप्ती सोनारी गाउँपालिका –६ का वडाध्यक्ष लबराज खरेलको पनि सहभागिता थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके