चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । सांघाई भ्रमणमा रहेका उनलाई मध्यरातमा उनलाई हृदयाघात भएको थियो ।
६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए । एक दशक चीनको प्रधानमन्त्री रहेका उनी सुधारवादी नेताको रुपमा छबि बनाएका थिए ।
राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए । ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं