२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

सकियो दशैं बिदा, टीका लगाउने क्रम भने अझै जारी

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८० कात्तिक १० गते शुक्रबार

बडादशैंको बिदा आजबाट सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन् । सरकारले कात्तिक ४ गते फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो ।

तर केही विद्यालयहरूले भने शुक्रबार समेत बिदा दिएर आइतबारबाट खोल्ने गरी व्यवस्था मिलाएका छन् । आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन् ।

यद्यपि काठमाडौं उपत्यका भित्रने क्रम भने टीकाको भोलिपल्टबाटै बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बिदा सकिए पनि दशैंको टीका भने कोजाग्रत पूर्णिमाको दिनसम्म लगाइन्छ । यद्यपि देशका केही पश्चिमी जिल्लामा भने दशैंको टीकाको दिन मात्र टीका लगाउने प्रचलन छ ।

प्रकाशित मिति : २०८० कात्तिक १० गते शुक्रबार