सूचनाको शक्ति - The Power Of Information

        

आजकाे माैसम :

मौसम पूर्वानुमान : पहाडी भूभागमा हल्का वर्षा र हिमपात

बाँकी भूभागमा मौसम सामान्यतया सफा

 हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ०६:२४

लोकप्रिय