२०८२ पुस ३० , बुधबार 14, January 2026, Wednesday

प्रधानसेनापति शर्मा आज चीन जाँदै

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १० गते शुक्रबार

प्रधानसेनापति प्रभुराम शर्मा आज चीन भ्रमणमा जाँदै छन्।

चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन्। प्रधानसेनापति शर्मा आज चीन गएर १६ गते स्वदेश फर्किनेछन्।

चीनमा रहेका बेला उनले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्नेछन्। नेपाली शन्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू चीनबाट खरिद गर्ने नेपाली सेनाले तयारी गरेको थियो।

विभिन्न कारणले उक्त खरिद प्रक्रिया अगाडि बढेको छैन। प्रधानसेनापतिको चीन भ्रमणका बेला सो विषयमा समेत छलफल हुने स्रोतले बताएको छ।

कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो। उनको चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौं बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ।

प्रधानसेनापति शर्माले यसअघि बेलायत भ्रमणमा गरेका थिए।

प्रकाशित मिति : २०८० कात्तिक १० गते शुक्रबार