जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्दी नेपाल र युएई भिड्दै छन् । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल बिहान ११ बजेदेखि शुरु हुदै छ ।
नेपाल यस सिरिजमा आफ्ना चारै खेल जितेर अपराजित रहदै फाइनलमा पुगेको हो भने युएईले हङकङलाई एक खेलमा पराजित गरेर रनरेटका आधारमा हङकङभन्दा माथि रहदै फाइनलमा पुगेको हो ।
यस सिरिजमा नेपालले युएईलाई दुवै पटक पराजित गरेको छ । नेपाल र युएईबीच अहिलेसम्म ७ टी-२० खेल भएका छन् । जसमा नेपालले ४ खेल जितेको छ भने युएईले ३ खेलमा जित हासिल गरेको छ ।
प्रतियोगितामा नेपालका आसिफ सेखले १४७ रन बनाएर राम्रो फर्ममा रहेका छन् भने युएईबाट बसिल हमीदले १३७ रन बनाएका छन् । तुलनात्मक रुपमा यस सिरिजमा नेपालले सन्तुलित प्रदर्शन गरेको छ ।
नेपालले ब्याटिंग र बलिङमा विपक्षी टिमलाई दबाब बनाएर खेलिरहेको छ र फाइनलमा पनि सो क्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । सिरिजमा नेपाली बलरहरु विपक्षी टिममाथि हावी भएका छन् ।
करण केसीले सर्बाधिक १० विकेट लिएर आफ्नो उच्च फर्म देखाएका छन् भने सोमपाल कामीले ७ विकेट लिएका छन् भने अविनाश बोहोराले ५ विकेट लिएका छन् । युएईका बलर जाहूर खान र निलान्श केसवानीले ४-४ विकेट लिएका छन् ।
नेपाली टिम: रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिष जिसी, ललित राजबंशी, अभिनाश बोहोरा, विवेक यादव, सागर ढकाल, लोकेस बम, सुर्य तामाङ र श्याम ढकाल ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ