सूचनाको शक्ति - The Power Of Information

        

दसैँमा श्रद्धा कपुरले किनिन् रातो ल्याम्बोर्गिनी

दसैँको बेलामा भारतीय अभिनेत्री श्रद्धा कपुरले रातो ल्याम्बोर्गिनी कार किनेकी छिन् ।

दसैँमा आफैँलाई उपहारको रूपमा कपुरले ४ करोड ४ लाख भारु मूल्य पर्ने ल्याम्बोर्गिनी ह्यूराकन टेक्निका किनेकी हुन् । श्रद्धा कपुर बलिउडकी चलेकी नायिका हुन् । कपुर लक्जरी गाडीको सौखिन छिन् ।

कपुरसँग ८० लाख भारु पर्ने आउडी क्यू७, २ करोड पर्ने बीएमडल्यू७ र १ करोड भन्दा बढी मूल्य पर्ने मर्सिडीज बेञ्ज जीएलई पनि छ ।

उनले २ दर्जनभन्दा धेरै फिल्म खेलेकी छिन् । कपुरको कूल सम्पत्ति १ अर्ब २३ करोड भारु छ ।

एउटा फिल्म खेलेबापत उनी ५ करोड भारु पारिश्रमिक लिन्छिन् ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ०५:५२

लोकप्रिय