सूचनाको शक्ति - The Power Of Information

        

फिफा वरीयतामा नेपालको स्थान सुध्रियो

विश्व फूटबल महासंघ (फिफा) वरीयतामा नेपाली राष्ट्रिय टोलीले २ स्थान सुधार गरेको छ ।

फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७३ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७५ औँ स्थानमा थियो ।

नेपालले भर्खरै विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो ।

यही जितका कारण नेपालले वरीयतामा १० अंक थप गर्दै २ स्थान सुधार गरेको हो । हाल नेपालको ९६३.८२ अंक छ ।

नयाँ वरीयातामा दक्षिण एसियामा भारत १०२, माल्दिभ्स १६१ , भुटान १८२, बंगलादेश १८३, पाकिस्तान १९३ र श्रीलंका २०२ औँ स्थानमा छन् ।

फिफाको वरीयतामा पोर्चुगल र स्पेन बढुवा हुँदा गत वर्षको विश्वकपमा तेस्रो स्थान हासिल गरेको क्रोएसिया भने घटुवा भएको छ ।

बिहीवार सार्वजनिक भएको वरीयतामा पोर्चुगल र स्पेन २–२ स्थान छलाङ मार्दै क्रमशः छैटौँ र आठौँ स्थानमा उक्लिएका छन् ।

क्रोएसिया भने २ स्थान घटुवा हुँदै वरीयताको १० औँ स्थानमा पुगेको छ ।

वरीयताको पहिलो स्थानमा विश्वविजेता अर्जेन्टिना, दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौमा बेल्जियम कायमै छन् ।

यस्तै सातौंमा नेदरल्यान्ड्स र नवौँमा इटाली यथावत रहेका छन् ।

वरीयतामा नेपालले २ स्थान सुधार गरेको छ । यसअघि १७५ औँ स्थानमा रहेको नेपाल विश्वकप छनोटको दोस्रो चरणमा पुगेसँगै १७३ औँ स्थानमा पुगेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ०५:३९

लोकप्रिय