सूचनाको शक्ति - The Power Of Information

        

चलचित्र ‘चारदाम’को पोस्टर सार्वजनिक

दशैंको अवसर पारेर चलचित्र ‘चारदाम’को पोस्टर सार्वजनिक गरिएको छ ।

तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चारदामको ४ पोस्टर निर्माण युनिटले सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरहरूमा चलचित्रका प्रमुख कलाकारहरूलाई अटाइएको छ । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो ।

यो चलचित्रको यति बेला पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको फिल्मका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले जानकारी गराए । उनका अनुसार चाडैं इटहरीको इलाइट सिनेमा हलमा विशेष प्रदर्शनी गरिने तयारी भइरहेको छ ।

आउँदो तिहार अगाडि नै ट्रेलर र एक गीत सार्वजनिक गर्न लागेको फिल्म युनिटले ‘चारदाम’को सम्पूर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ । यो फिल्मलाई आगामी मङ्सिरको पहिलो साता देशव्यापी प्रदर्शन गर्ने निर्माण युनिटको योजना रहेको छ ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायाङ्कन गरिएको यो चलचित्रमा ३ ओटा गीत समावेश छ । चलचित्र ‘चारदाम’मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, शान्ती पाख्रीन, मदन राई, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, कुमारी लिम्बू, सुम्निमा तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ ।

चारदाममा दिपक लिम्बू र मुना ठटालले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाईँले सङ्गीत गरेको गीतमा बजगाईँ र निर्देशक लाखमानको शब्द समावेश गरिएको छ ।

cinepati

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार १८:२१

लोकप्रिय