सूचनाको शक्ति - The Power Of Information

        

१६ दिने शिशुको हत्या प्रयास गर्ने आमा पक्राउ

दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छिन् ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले घाँटीमा प्रहार गरेको पाइएको छ ।

वडा प्रहरी कार्यालय लमहीले आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

घाइते बच्चाको उपचारको लागि लमही अस्पतालमा लगिए पनि उपचार त्यहाँ सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ ।

सुत्केरी आमाले आफैंले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन भन्ने बारेमा खुल्न बाँकी छ । उनमा केही दिनदेखि झोक्रिने, टोलाउने जस्ता समस्या देखिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार १८:१५

लोकप्रिय