धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालका अनुसार, सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ ।
‘बिहान ६ः४५ बजे शव भेटिएको भन्दै खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सा’बसहितको टोली पठाएका छौं’, उनले भने, ‘उहाँ पुगेर थप अनुसन्धान सुरु हुन्छ ।’
उनी गंगाजमुना-४, गुम्दीका स्थायी वासिन्दा हुन् । श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।
उनी धादिङको टिमका कप्तान थिए । उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । उनी टिमसहित सलाङमा बस्न गएको बताइएको छ ।
श्रेष्ठकी श्रीमती विदेशमा छिन् । मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ । घटनास्थल आसपास हालसम्म सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ