सूचनाको शक्ति - The Power Of Information

        

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौंबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । एक पुरुष घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौं महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशिराज पाण्डे घाइते छन् ।

उनको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ । उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो ।

प्रहरीका अनुसार काठमाडौंबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार ०८:३२

लोकप्रिय