दाङको लमहीमा १६ छोरी दिने नवजात शिशु (छोरी)को हत्या प्रयास गरेको अभियोगपछि आमा पक्राउ परेकी छन् । लमही नगरपालिका–७ कप्तानगन्जकी २५ वर्षीया निर्मा चौधरीले बुधबार दिउँसो छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि प्रहरीले आमालाई नियन्त्रणमा लिएको छ ।
‘घरपछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटी रहेको अवस्थामा निर्माका देवरले देखेपछि जोगाएको भन्ने कुरा आएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले भने ‘१६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ ।’
शिशुको अवस्था गम्भीर रहेको पनि प्रहरीले बताएको छ । जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो । ‘चिकित्सकहरूले सुत्केरीपछि कतिपय आमाहरू डिप्रेसनमा पुग्न सक्ने बताएका छन्,’ उनले भने ‘प्रहरी नियन्त्रणमा रहेकी आमाले मानसिक स्वास्थ्यमा समस्या देखिएको जस्तो व्यवहार प्रदर्शन गर्ने गरेको कुरा आएको छ ।’
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले पनि प्रहरी थुनामा राखिएकी निर्मामा मानसिक समस्याका लक्षणहरू देखिएको हुँदा उपचारका लागि पठाउनेबारे भन्ने छलफल भइरहेको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ