२०८३ जेठ २९ , शुक्रबार 12, June 2026, Friday

टीकाको तेस्रो दिन, टीका ग्रहण गर्ने क्रम जारी

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक ९ गते बिहीबार

बडादशैँको टीकाको आज तेस्रो दिन ।

आश्विन शुक्ल द्वादशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ।

मङ्गलवार मुख्य दिन विजयादशमीमा टीका लगाउन नभ्याउनेहरूले एकादशीदेखि पूर्णिमासम्मै मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ ।

विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि शुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक ९ गते बिहीबार