२०८२ कात्तिक २३ , आइतबार 10, November 2025, Monday

हङकङसँग हार्‍यो यूएई, तर नेपालसँग फाइनल खेल्ने

सत्यपाटी
सत्यपाटी । काठमाडौँ
२०८० कात्तिक ८ गते बुधबार

त्रिकोणात्मक टी-२० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।

जवाफमा यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति : २०८० कात्तिक ८ गते बुधबार