महिला कर्मचारीमाथि यौन दुव्र्यवहारमा मुछिएका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले अघिल्लो शुक्रबार गुपचुप राजीनामा बुझाए । उनले कञ्चनपुरस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदा आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप खेप्दै आएका थिए ।
कांग्रेसमा कोइराला परिवारनिकट रहेका पालले कारबाहीबाट बच्न आइजिपी वसन्त कुँवरसँग रोइकराइसमेत गरे । कोइराला परिवारको विशेष अनुकम्पाबाट २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनले छानबिनका क्रममा सहायक हवल्दार युवतीलाई प्रभाव र प्रलोभनमा पारेर आफन्त र नजिकका प्रहरी अफिसरमार्फत बयान फेर्न लगाएको प्रसंगसमेत बाहिरिएको थियो ।
सबै प्रयास असफल भएपछि बर्खास्ती तथा फौजदारी कारबाहीसम्म हुने आरोपबाट उन्मुक्ति पाउन राजीनामा बुझाए । अनुसन्धानबाट उनी पटके यौन दुर्व्यवहारी रहेको रहस्य उजागर भएको छ । ‘सोधपुछका क्रममा अन्य महिला प्रहरीले समेत समितिका अधिकारीहरूलाई पाल रहेको कोठामा एक्लै भेट्न जान पनि डर त्रास हुने गरेको सुनाएका थिए ।
प्रहरी स्रोत भन्छ, ‘महिला कर्मचारीलाई निजी निवासमा बोलाउने, नजिकै बस भन्ने, सुम्सुम्याउने, मुसार्ने, घुम्न जाऊँ भनेर फकाउनेजस्ता दुव्र्यवहार गर्ने गरेको कुरा आएको छ ।’ जेठ १९ गते बिदामा घर जान लागेकी सहायक हवल्दारलाई पनि सेटबाटै निजी निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भनेपछि उनी हठी स्वभावकी तीनको फेला परेका थिए ।
पाल यस अगाडि २०७१ सालमा सोलुखुम्बु जिल्ला प्रमुख भएको बेला यस्तै घटनाको उजुरीका आधारमा सरुवा भएका व्यक्ति हुन् । काठमाडाँैस्थित बौद्ध वृत्त प्रमुख हुँदा पनि कारबाहीमा परेको रेकर्ड छ । छानबिन शुरु भएपछि राजीनामा बुझाएर उम्किने प्रवृत्ति प्रहरीमा भने नौलो होइन । यसअघि फरक–फरक जन्ममिति र शैक्षिक प्रमाणपत्र नै नक्कली भएको भन्दै उजुरी परेपछि नायव महानिरीक्षक (डिआइजी) अशोक सिंह छानबिनको दायरामा तानिएका थिए ।
उक्त तथ्य सार्वजनिक भएपछि फागुन १० गते राजीनामा दिएर बिदा भए । सिंहभन्दा केही समयअघि एक महिलाले बलात्कार आरोपमा पोलेपछि तत्कालीन चापागाउँका डिएसपी राजकुमार खिउँजुले पनि ०७६ मंसिरमा राजीनामा दिए । बलात्कार आरोपमा पक्राउसमेत परेर पुर्पक्षका लागि कारागार चलान भए । तर पछि अदालतबाट ‘क्लिन चिट’ लिएर थुनामुक्त भए ।
अर्का चर्चित प्रहरी फुटबलर हरि खड्का पनि आफूमाथि छानबिन शुरु भएपछि राजीनामा दिएर उम्किए । अख्तियारले नक्कली शैक्षिक प्रमाणबारे छानबिन शुरु गरेको पत्तो पाएपछि खड्काले सुटुक्क राजीनामा दिएर उन्मुक्ति पाए । ०७८ फागुन ५ गते खड्का विशेष अदालतबाट दोषी ठहर भए । त्यसअघि नक्कली सर्टिफिकेटमा छानबिन शुरु भएपछि डिआइजी शारदाभक्त रञ्जित, डिएसपी सुरेन्द्र सिंहले समेत राजीनामा दिएका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं