नवरात्रको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज कडा सुरक्षा व्यवस्थाबीच नदीमा सेलाइँदैछ । बाँके जिल्लाका शहर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएको दुर्गा मूर्तिलाई राप्ती नदी, मानखोला र कर्णालीमा लगेर सेलाउने गरिन्छ ।
ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावा लस्करका साथ, बाजागाजासँगै बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय मातादी)को नारा लगाउँदै मूर्ति सेलाइने गरिएको दुर्गा पुजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए ।
आज बुधबार सबै मूर्ति लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइन्छ । मूर्ति सेलाउने क्रममा भक्तजनका लागि प्रसाद वितरण, भजन कीर्तनसमेत गरिन्छ । घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति ९ दिनसम्म विशेष पुजापाठ गरी दसैंको भोलीपल्ट अर्थात आज सेलाउने परम्परा रहेको दुर्गा मूर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताए ।
उनका अनुसार मूर्तिमा विशेष गरी नौ दिनसम्म दुर्गा सप्तशतीको पाठ गर्ने गरिन्छ । नवमीका दिन विशेष पुर्णाहुति गरी पूजापाठ सकिन्छ । आजको कार्यक्रम सौहार्दपूर्ण र सामाजिक सद्भावको वातावरणलाई सुदृढ बनाउन विशेष सुरक्षा व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
दुर्गा मूर्ति विसर्जन र्याली निस्कने भएकाले र्ययालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन आज बिहान ८ बजेदेखि राती १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको छ ।
दुर्गा भवानीको मूर्ति विसर्जन र्याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सक्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँके जिल्लामा करिब ६०० दुर्गा मूर्ति रहेका छन् । नेपालगन्जमा मात्र ५६ वटा मूर्ति पुजाका लागि स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके