सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।

मृत्यु हुनेमा सप्तरी रूपनी नगरपालिका–२ घर भई कोशी गाउँपालिका–४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो ।

घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरूवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार १४:१०

लोकप्रिय