२०८२ कात्तिक २३ , आइतबार 10, November 2025, Monday

पारा एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक पदक

सत्यपाटी
सत्यपाटी । काठमाडौँ
२०८० कात्तिक ८ गते बुधबार

पारा एसियाली खेलकुदमा नेपालकी पलेशा गोबर्धनले ऐतिहासिक कास्य पदक जितेकी छिन् ।

पारा तेक्वान्दो खेलाडी पलेशाले चिनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदमा कास्य पदक जितेकी हुन् । उनले तेक्वान्दोको महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कास्यपदक जित्दै इतिहास रचेकी हुन् ।

पलेशाले एसियाली पारा खेलकुदमा जितेको कास्य पदक उनको मात्र नभइ नेपालकै निम्ति पारा एसियाडमा पहिलो पदक हो ।

नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । तेक्वान्दो भने यसै संस्करणदेखि मात्र समावेश गरिएको हो ।

क्वार्टरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४–१ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा भने पलेशा काजखस्तानकी खेलाडी कामिल्या दास्मोलोभासँग १६–१० ले पराजित भइन् ।

प्रकाशित मिति : २०८० कात्तिक ८ गते बुधबार