सूचनाको शक्ति - The Power Of Information

        

गाजामा मानवीय कानुनको उल्लंघन भएको राष्ट्रसंघ प्रमुखको भनाइ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा अन्तराष्ट्रिय मानवीय कानुनको गम्भीर उल्ल्ंघन भइरहेको बताउनुभएको छ ।

गुटेरेसले सर्वसाधारण नागरिकलाई ‘मानव ढाल’को रूपमा प्रयोग गर्ने हमास लडाकु समुह तथा गाजा क्षेत्र खाली गर्ने आदेशपछि दक्षिणी गाजामा इजरायलबाट भइरहेको बमबारीको आलोचना गर्नुभयो ।

गुटेरसले अक्टोबार ७ मा इजरायलमा हमासले गरेको आक्रमण शुन्यताबाट सुरु नभएको प्रतिक्रिया दिएपछि इजरायली कुटनीतिज्ञहरु रुष्ट भएका छन् । संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूतले गुटेरेसलाई राजीनामा दिन आग्रह गरे ।

यसैबिच हमासद्वारा अपहरण गरिएका दुईसय भन्दा बढी बन्धकहरू अहिले पनि गाजामा हिरासतमा छन् । हिजोमात्रै लडाकु समुहले दुई महिलालाई रिहा गरेका छन् ।

इजरायलले गाजामा आफ्नो भारी बमबारी जारी राखेको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५ हजार ८ सय बढी प्यालेस्टाइनी मारिएका छन् ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा ज्यान गुमाउने इजरायलीहरुको संख्या १४ सयभन्दा बढी छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार ०७:२९

लोकप्रिय