पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनुभएको छ ।
मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरुलाई टिका लगाइदिँदै पूर्वराजा शाहले यस्तो बताउनुभएको हो । उहाँले व्यंग्यात्मक रुपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा दशैंको शुभकामना दिन चाहन्छु । धेरै भन्नुपनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’
पूर्वराजा शाहले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरुमा दशैंको शुभकामना दिनुभयो । उहाँले यसअघि अपरान्ह पौने चार बजेबाट आम सर्वसाधारणलाई दशैंको टिका लगाइदिनु भएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ