सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति पौडेलद्वारा भाउजूको हातबाट टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैंको टीका लगाउनुभएको छ ।

साथै गुरु पुरोहितको हातबाट पनि दशैंको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभयो ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएको हो ।

आफूले टीका ग्रहण गरेपछि उहाँले परिवारका सदस्यलाई टीका लगाइदिनुभएको छ ।

विजयादशमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजयादशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालयमा सम्माननीयहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरुलाई २ बजेदेखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको हो ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलवार १६:३१

लोकप्रिय