विशेष गरेर महिला अर्थात् केटीको कौमार्य विकसित मानव सभ्यताको मात्र नभई पहिलेदेखि नै मानव यौनिकताको एक महत्त्वपूर्ण पक्ष रहेको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि समाजमा रहेको पाइन्छ । विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए नभएको कुराले निकै महत्त्व राख्ने गरेको छ ।
यस्तो अवस्थामा कन्या कुमारीलाई अक्षत योनि भन्ने गरिन्छ र अंग्रेजी शब्द भर्जिन (Virgin) यसका लागि प्रयोग गरिन्छ । कुनै व्यक्तिसँग पनि यौन सम्पर्क राख्नु नै कौमार्य भङ्ग हुनु हो । अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौन सम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । केटी (महिला) का लागि कुमारीत्व र केटा (पुरुष)का लागि कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक पनि हो ।
लिङ्ग प्रवेश नभई यौन उत्तेजक रूपमा यौनाङ्गमा हात, औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जस्ता प्रश्न बाँकी नै रहन्छ । जैविक रूपमा यौन सम्पर्कको अनुभवहीनता नै कौमार्य भङ्ग नहुन अर्थात् कुमार वा कुमारी हुनु हो । धेरैजसो स्थितिमा कौमार्य (Virginity) भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिने गरिन्छ ।
त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिएको भेटिए पनि विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ वा छैन भन्ने कुरामा भर पर्ने गरेको देखिन्छ । योनि महिलाको नली आकारको प्रजनन अङ्ग हो र बाहिरबाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्टि गुजमुज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ, यसलाई योनिच्छद (Hymen) भनिन्छ ।
पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छेद यौनसम्पर्क गर्दा च्यातिन गई रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए वा नभएको आधार बनाइन्थ्यो, तर वास्तविक कुरा के हो भने यो आधारलाई वैज्ञानिक मान्न सकिन्न । कुनै–कुनै केटीहरूको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्ररी विकास नै नभएको हुनसक्छ भने यौन सम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्ने चिकित्सक बताउँछन् ।
महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा त अहिले आएर पक्का शारीरिक सम्बन्ध राखेका वा नराखेको भन्न सकिने स्थिति नहुने गर्छ । यौन सम्पर्कको अनुभवहीनता नै कौमार्य कायम भएको स्थिति हो । तपाईंले एकपटक यौनसम्पर्कको अनुभव लिएपछि कोही पनि पुनः अनुभवहीनताको स्थितिमा पुग्न सक्दैन । त्यसैले सैद्धान्तिक रूपमा तपाईंले कौमार्यतालाई फर्काउन सक्नुहुन्न ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं