आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ ः ०२ बजेको साइत उत्तम रहेको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ ।
यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व भव्य रूपमा मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको हो । समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको छ ।
‘अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको छ,’ उनले भने, ‘विदेशमा बस्नेहरूको लागि पनि दसैँको टीकामा अन्योल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको हो ।’ अमेरिका, क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः १० बजेर ४७ मिनेटमा, केन्टुकीमा ११ बजेर ३१ मिनेटमा, टेक्सासमा ११ बजेर ३ मिनेटमा, वासिंटन डिसीमा १०ः५३ मिनेट र क्यालिफोर्नियामा १०ः३१ मा टीकाको शुभसाइत जुरेको छ । क्यानडाको टोरोन्टोमा ११ बजेर १७ मिनेटमा र भ्यानकुभरमा ११ः३५ मिनेटमा टीकाको शुभ साइत जुरेको छ ।
समितिले भारत, जापान, अस्ट्रेलिया, न्यूजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार र स्वीटजरल्याण्डलगायतको देशमा २४ तारिखमा टीकाको शुभ साइत जुराएको छ । जसमध्ये भारतको दिल्लीमा १० बजेर ५५ मिनेटमा, जापानको टोकियोमा १०ः४५ मिनेटमा, अस्ट्रेलियाको सिड्नी ११ः१५मा, मेलबर्नमा ११ः३५ मिनेटमा, ब्रिसवेनमा १०ः२५ मिनेटमा र क्यानबेरामा ११ः२१ मिनेटमा टीकाको शुभ साइत जुराइएको छ ।
न्यूजिल्याण्डको वेलिंटनमा ११ः२१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११ः२३ मिनेटमा, बेलायतको लण्डनमा ११ः३१ मिनेटमा, फ्रान्सको पेरिसमा ११ः२५ मिनेटमा, नर्वेको ओस्लोमा ११ः३५ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११ः१५ मिनेटमा, युएईको अबुधाबीमा ११ः०५ मिनेटमा, कतारको दोहामा ९ः५९ मिनेटमा, थाइल्याण्डको बैंककमा १०ः३९ मिनेटमा, दक्षिण कोरियाको सिओलमा ११ः३१ मिनेटमा, इजरायलको तेल अविवमा ९ः२५ मिनेटमा, सिंगापुरमा ११ः५ मिनेटमा, साउदी अरेबियामा ९ः११ मिनेटमा, म्यानमारको यांनमा १०ः३१ मिनेट र स्वीटजरल्याण्डको जेनेभामा ११ः५५ मिनेटमा टीकाको शुभ साइत जुराएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं