सूचनाको शक्ति - The Power Of Information

        

चलचित्र ‘बिच्छेद’को गीत ‘गाजले’ सार्वजनिक

चलचित्र ‘बिच्छेद’को गीत सार्वजनिक भएको छ ।

‘गाजले’ शीर्षकको गीतमा राम अविरल विस्टको शब्द रचना, एसडी योगीको संगीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ ।

मंसिर ८ मा रिलिज हुने चलचित्रको यो गीतमा प्रमुख कलाकार मुकुन भुसाल र लक्ष्मी बर्देवा फिचर्ड छन् । गीतमा प्रेम भाव प्रकट गरिएको छ ।

भुसाल र बर्देवाले यसअघि चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए । त्यसयता उनीहरू यो चलचित्रमा पुन एकसाथ देखिन लागेका हुन् ।

चलचित्र ‘बिच्छेद’लाई सत्यराज चौलागाईंले निर्देशन गरेका छन् । चलचित्रको कथा अभिनेता मुकुन भुसालले लेखेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार १०:२०

लोकप्रिय