इजरायलले शनिबार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा गरिएको मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनानका गाउँहरूमा आक्रमण गरिरहेको छ ।
दक्षिणी लेबनानी गाउँहरू यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको समाचारमा उल्लेख छ । इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरु आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो ।
यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जारल ट्विटर (एक्स)मा लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ ।आक्रमणका कारण हालसम्म १५ सयभन्दा बढी लेबनानी विस्थापित भएका छन् ।
यसैबीच, अरब लिगका सहायक महासचिव हाइफा अबु गजालेहले अरब लिगले गाजालाई प्रदान गरेको सहायता रकम आधा मिलियन डलरभन्दा बढी रहेको बताएका छन् ।
आइतबार पत्रकार सम्मेलनमा उनले गाजामा प्रवेश गर्ने मानवीय सहायताका ३० वटा ट्रक केही दिनका लागि मात्र पर्याप्त रहेको बताए । अरब लिगले स्ट्रिपका बासिन्दाहरूले अनुभव गरिरहेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै त्यो संख्या बढाउन खोजिरहेको उनले बताए ।
स्वास्थ्य र मानवीय सहायता विभागको माध्यमबाट सहयोग गरिरहेको उनको भनाइ छ ।
यता, इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ ।
इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजारभन्दा बढी आवासीय भवनहरु ध्वस्त भएका छन् । लगभग २० हजार घर पूर्णरुपमा क्षति भएका छन् । ७० प्रतिशत स्थानीय घरबाट विस्थापित भएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ